November 21st, 2008
केन्द्रीय समितिको बैठक बिबादका कारण लम्बिएकाले माओवादीको राष्ट्रिय कार्यकर्ता भेला अझै सुरु भएको छैन ।
Posted in Friend's posts | No Comments »
November 21st, 2008
लाइसेन्स लिएर मात्र छुट्टै पसलमा रक्सी, बियर बेच्नुपर्ने नियम लागू भएपछि अब काठमाडौँमा यस्ता पसल र साइनबोर्डहरु देखिन थालेका छन्। नाम जनकपुर भए पनि पसल भने काठमाडौँ कै हो। मंसिर ३ गतेदेखि मदिरा बेचबिखन १८ वर्ष पुगेकालाई बिहान १० देखि राति १० बजेसम्म लाइसेन्स लिएका बिक्रेताले छुट्टै पसलमा बेच्नुपर्ने नियम लागू भएको हो।
Posted in फोटो ब्लग, Friend's posts | No Comments »
November 20th, 2008
अपडेटः प्रधानमन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने, उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने, मारिनेलाई सहिद घोषणा गर्नुपर्ने, दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने लगायतका मागहरु पूरा गर्ने गरी आन्दोलनकारी र गृहमन्त्री वामदेव गौतमबीच नौ बूँदे सहमति भएपछि आन्दोलन आज बिहानबाट फिर्ता लिइएको छ।
स्युचाटारका एमाले निकट दुई युवकको वाईसीएलले अपहरण गरी हत्या गरेको आरोपमा बिहीबार आयोजना गरिएको [...]
Posted in फोटो ब्लग, समाचार र विचार, Friend's posts | No Comments »
November 20th, 2008
स्युचाटारका एमाले निकट दुई युवकको वाईसीएलले अपहरण गरी हत्या गरेको आरोपमा बिहीबार आयोजना गरिएको बन्दको क्रममा प्रदर्शनकारीहरुले अमृत साइन्स कलेजको अखिल क्रान्तिकारीको कार्यालयमा आक्रमण गरी तोडफोड गरे।
आजै आयोजित एक कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष प्रदीप पौडेलले धादिङ घटनालाई सरकार संरक्षित आतङ्कको संज्ञा दिदै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने गरी देशव्यापी आन्दोलन चर्काउने चेतावनी पनि दिए। [...]
Posted in फोटो ब्लग, समाचार र विचार, Friend's posts | No Comments »
November 20th, 2008
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता मोहन बैद्य किरणबीच एउटै प्रतिवेदन बनाउनेमा सहमति नभएपछि माओवादी राष्ट्रिय कार्यकर्ता भेला मंसिर ६ गते मात्र सुरु हुने भएको छ ।
Posted in Friend's posts | No Comments »
November 20th, 2008
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता मोहन बैद्य किरणबीच एउटै प्रतिवेदन बनाउनेमा सहमति नभएपछि माओवादी राष्ट्रिय कार्यकर्ता भेला मंसिर ६ गते मात्र सुरु हुने भएको छ ।
Posted in Friend's posts | No Comments »
November 20th, 2008
लोकगायक तथा संगीतकार राम थापाको आज बिहान २:३० बजे काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। गायक थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। उनकी श्रीमती रजनी थापाले स्वर्गीय थापालाई दागबत्ती दिएका थिए।
लामो समयदेखि कलेजोको रोगबाट पीडित रही उपचार गराइरहनुभएका गायक थापाको उपचारकै क्रममा निधन भएको हो। नेपाली ठेट शैलीका साथै विशेषगरी ठटयौली [...]
Posted in समाचार र विचार, Friend's posts | No Comments »
November 20th, 2008
कलंकी स्युचाटारका दुई जना स्थानीय बासिन्दालाई वाईसीएलले अपहरण गरी मारेको आरोप लगाउँदै दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै आज उपत्यका बन्द भएको छ। हत्याको विरोधमा गठन भएको नागरिक संघर्ष समितिको आयोजनामा बन्द भएको भनिए पनि कलंकीदेखि नयाँ बानेश्वरसम्म आउँदा मैले नेविसंघको झण्डा बोकेर नारा लगाउँदै गाडी रोकिएको मात्र देखियो। अहिले म नयाँ बानेश्वरमा छु। घर पुगेपछि [...]
Posted in समाचार र विचार, Friend's posts | No Comments »
November 20th, 2008
कलंकी स्युचाटारका दुई जना स्थानीय बासिन्दालाई वाईसीएलले अपहरण गरी मारेको आरोप लगाउँदै दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै आज उपत्यका बन्द भएको छ। हत्याको विरोधमा गठन भएको नागरिक संघर्ष समितिको आयोजनामा बन्द भएको भनिए पनि कलंकीदेखि नयाँ बानेश्वरसम्म आउँदा मैले नेविसंघको झण्डा बोकेर नारा लगाउँदै गाडी रोकिएको मात्र देखियो हाल म नयाँ बानेश्वरमा रहेको छु। घर [...]
Posted in समाचार र विचार, Friend's posts | No Comments »
November 19th, 2008
गत हप्ता सार्वजनिक भएका बाराको रतनपुरी जंगलमा ध्यान गरी बस्ने रामबहादुर बम्जनलाई हेर्न अहिले ठूलो संख्यामा सर्वसाधारणको भीड लाग्ने गरेको छ। उनी अस्ति नोभेम्बर १८ सम्म सार्वजनिक हुने र आफ्ना भक्तहरुलाई दर्शन दिने भनिएको थियो। तर पछि दुई दिन म्याद थपी नोभेम्बर २१ सम्म सार्वजनिक 'दर्शन' दिने भनियो। त्यो म्याद आजै सकिँदैछ। म्याद थपिने हो [...]
Posted in समाचार र विचार, Friend's posts | No Comments »